कागजी बदाम प्राउन

कागजी बदाम हालेको प्राउन
आवश्यक सामग्री

प्राउन – ५०० ग्राम
प्याज – ५० ग्राम
अदुवा⁄लसुनको पेस्ट – १ टेबल चम्चा
कागजी बदामको पेस्ट – १०० ग्राम

ताजा क्रिम – ३ टेबल चम्चा
अलैँची – ३ वटा
जीराको गेडा – आधा चिया चम्चा
नून – स्वादअनुसार
रिफाइन्ड ते– २ टेबल चम्चा
सेतो मरिच – १ चिया चम्चा

विधि

सर्वप्रथम कराहीमा तेल तातो गरी अलैँची र जीराको गेडा फुराउनुपर्छ । त्यसपछि यसमा मसिनो गरी काटेको प्याज सुनौलो नहुन्जेलसम्म भुट्नुपर्छ । यसरी भुटेको प्याजमा अदुवा र लसुनको पेस्ट हालेर मधुरो आँचमा ३–४ मिनेट भुट्नुपर्छ ।

त्यसपछि यसमा प्राउन हालेर मधुरो आँचमा पकाउनुपर्छ । प्राउन आधा जति पाकेपछि मनतातो पानीमा कागजी बदामको पेस्ट घोलेर यसमा खन्याउनुपर्छ । स्वादअनुसार नून राखेर मधुरो आँचमा ५–७ मिनेट पकाएपछि सेतो मरिचको धूलो र ताजा क्रिम हालेर सर्भ गर्नुपर्छ ।